काठमाडौं ।
वरिष्ठ गायक सिताराम पोखरेल ग्लोबल इन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित भएका छन् । वर्ल्ड वाइज मिडिया इन्टरनेशनलद्वारा थाइल्याण्डमा हालै आयोजित अवार्ड कार्यक्रममा थाइल्याण्डका प्रशिद्ध पर्यटन व्यवसायी एनोथाई थोंगथानोम तथा संस्थाका सभापति आर के श्रेष्ठ र सिइओ कंचन श्रेष्ठले उनलाई सम्मान गरेका हुन् ।
विगत ३ दशकभन्दा लामो समयदेखि नेपाली गितसंगितलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानका लागि पोखरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ । पोखरेलले यसअघि २ दर्जन भन्दा वढी अवार्ड पाइसकेका छन् भने ४ दर्जन भन्दा वढी संस्थाबाट सम्मानित भइसकेका छन् ।





























प्रतिक्रिया