अस्ट्रेलियन किशोरीलाई यौन प्रस्ताव राखेको आरोपमा नेपाली पक्राउ

अस्ट्रेलियन किशोरीलाई यौन प्रस्ताव राखेको आरोपमा नेपाली पक्राउ

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियामा एक नेपाली पक्राउ परेका छन् । १४ वर्षीया अस्ट्रेलियन किशोरीलाई यौनप्रस्ताव राखेको अभियोगमा सिड्नीबाट सन्देश पाठक पक्राउ परेका हुन् ।

सन्देशलाई प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको हो । किशोरीलाई भेट्ने र शारीरिक सम्बन्ध राख्ने योजना बनाइरहेका नेपाली युवक सन्देश पाठकलाई न्यूसाउथवेल्स प्रहरीले बिहीबार पक्राउ गरेको हो । गत नोभेम्बरदेखि प्रहरीले सन्देशको गतिविधि निगरानी गरिरहेको थियो । उनले अनलाइन च्याटमार्फत किशोरीलाई यस्तो प्रस्ताव राखेका थिए ।

उनको साथबाट एकथान ल्यापटप, एउटा फोन लगायत अन्य सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

Logo