एनआरएनएको विवादमा छानबिन समिति बन्नु स्वागत योग्यः प्रवक्ता सुवेदी

एनआरएनएको विवादमा छानबिन समिति बन्नु स्वागत योग्यः प्रवक्ता सुवेदी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषयमा सरकारले छानबिन गर्न समिति गठन गरेकोमा प्रवक्ता नारायण सुवेदीले स्वागत गरेका छन्।

एक विज्ञप्ति प्रकाशित गरेर एनआरएनएको काठमाडौँमा १७–२० अक्टोबर २०२३ मा ११ औं महाधिवेशनका बेला भएको चुनाव लगाएतका विषयमा छानविनका लागि मन्त्रिपरिषद्ले बुधबार छानविन समिति बनाएकोमा उनले स्वागत गरेका हुन्।

नेपाल सरकारको मन्त्रिपरिषदवाट नै एक उच्च स्तरिय छानविन समिति बनाइ निर्वाचनको सम्पूर्ण प्रक्रियाको अनियमितताका वारेमा छानविन गर्नुलाई सरकारले गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनको निर्वाचनलाई अत्यन्तै गंभीर रुपमा लिएको रुपमा आफूहरुले बुझेको उनले बताए।

संघका अध्यक्ष राजेन्द्र कुमार आरके शर्माले यसअघि नै सरकारले सत्यतथ्य पत्ता लगाउनका लागि गरेको कदमको स्वागत गरेका थिए। शर्मा नेतृत्वको संघका प्रवक्ता सुवेदीले विज्ञप्तिमा भनेका छन्,‘नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन भोटिङ र निर्वाचन प्रक्रियामा लेखा एवं अन्य काम कारवाहीका सम्वन्धमा छानबिन गर्न हालै नेपाल सरकार मन्त्रि परिषदको बैठकबाट सह-महान्यायाधिबक्ता ध्रुव कुमार चौहानको संयोजकत्वमा ४ सदस्य उच्चस्तरीय छानविन समिति बनाइएकोमा हार्दिक स्वागत गर्दै, परराष्ट्र मन्त्रालय र नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ।’

Skip This
Logo