एनआरएनए कार्यालयमा शर्मा समूहको ताला, सरकारले सहयोग नगरेको गुनासो

एनआरएनए कार्यालयमा शर्मा समूहको ताला, सरकारले सहयोग नगरेको गुनासो

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)एक पक्षका अध्यक्ष राजेन्द्र कुमार(आरके)शर्माले अहिले संघ विषम परिस्थितिमा चलेको बताउँदै सरकारले केही सहयोग नगरेको गुनासो गरेका छन्। गैरआवासीय नेपाली संघले विहीबार केन्द्रिय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा अध्यक्ष शर्माले यस्तो गुनासो गरेका हुन्।

१०औं महाधिवेशन यता संघमा बढ्दै गएको विवादको प्रसङ्गलाई जोड्दै अध्यक्ष शर्माले संघलाई कसले कब्जामा लिने भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको बताए। शर्माले बद्री केसी समुहले पटकपटक संघ नै कब्जा गर्ने उद्देश्यसहित गतिविधि गर्दै आएकोप्रति असन्तुष्टि जनाए।

उनले कसी समूहको उक्त निन्दनीय कार्य बिरुद्ध सशक्त प्रतिवाद गर्ने समेत बताएका छन्। अहिले विदेशमा रहेका नेपाली नागरिकको लगानीबाट बनेको भवन बचाउन सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै सबैलाई साथ सहयोग गर्न आग्रह गरे।

भवन बचाउन हातेमालो गर्न तयार रहेको पनि अध्यक्ष शर्माले बताएका छन्। एकताको महाधिवेशन गर्न आफू पनि तयार रहेको बताउदै अध्यक्ष शर्माले आपसी समन्वय सहकार्य र एकताका माध्यमबाट अगाडी बढ्नुपर्नेना जोड दिए।

सहमतिका माध्यमबाट अगाडी बढ्दै गर्दा म नै अध्यक्ष हुनुपर्छ भन्ने आफ्नो धारण नरहेको उनले प्रष्ट्याए। सम्मानित विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति असन्तुष्टि जनाउँदै लिजमा लिएर कम्तीमा पनि ५० वर्षसम्म भवन सञ्चालन गर्नुपर्ने मागमा सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न पनि अध्यक्ष शर्माले अपिल गरे।

विवाद साम्य गरेर आपसी सहकार्य, साझा सहमति र एकताका माध्यमबाट अगाडी बढ्नुपर्ने नै वर्तमान आवश्यकता रहेको अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए। पत्रकार सम्मेलनपछि शर्मा समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। केसी समूहले कार्यालय बन्द गरेर एकलौटी गरेको, कोषको रकम दुरुपयोग गरेको र संस्था कब्जा गर्न खोजेको भन्दै अलग्गै ताला लगाएका हुन्।

Logo