प्रधानमन्त्री ओलीले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीे असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Logo