लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्ः नेपाल सरकार

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्ः नेपाल सरकार

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ ।नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।

साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तहरूले नेपाली राजदूतावास कायरोमा द्वितीय सचिव दीपक घिमिरेलाई फोन नं ं२०१०९७७७२३४८ मा, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतमा मोहम्मद गोजायललाई फोन नंं९६१३३०११८१, ९६१७१६८८८२, ं९६१८१८८३७१३ मा र परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवाललाई फोन नं ं९७७९८४११७९५२० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Skip This
Skip This
Logo