काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।
लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरूको सेवासुविधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौँ सिधा हवाई उडान हुनुपर्ने जस्ता कुराहरू राखेका थिए ।
उनले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको भन्दै हिउँ पग्लेर हिमालहरु कुरूप बनिरहेका बताए । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति बेहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने बताए ।
भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत विपिन दुवाडी पनि थिए ।





























प्रतिक्रिया