आजबाट दिल्ली विधान सभाको चुनाव शूरु, ७० सिटका लागि ६९९ जना चुनावी मैदानमा

आजबाट दिल्ली विधान सभाको चुनाव शूरु, ७० सिटका लागि ६९९ जना चुनावी मैदानमा

केन्द्रबिन्दु
108
Shares

काडमाडौं । आजबाट भारतमा दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ।

दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो। दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।


यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ। आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।

Logo