काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ ।
उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका छन् । बैठक शुक्रबार साँझ ५ बजे (नेपाली समयानुसार) भर्चुअल रूपमा बस्नेछ ।
बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय भएको कुँवरले बताए । उनका अनुसार सर्वोच्च अदालतको फैसला र सोको कार्यान्वयन सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्रहरुको कार्यान्वयन सम्बन्धमा भनेर एउटा एजेन्डा तय गरिएको छ ।
यसैगरी सदस्यता नवीकरण तथा नयाँ सदस्य दर्ताका लागि तोकिएको ३१ मार्चसम्मको समयसिमाका सम्बन्धमा, एनसीसीहरूका अधिवेशन सम्बन्धमा, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा, उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषदबिच एमओयु सम्बन्धमा, केन्द्रीय कार्यालय सञ्चालन र विविध भनेर एजेन्डा तय गरिएको उनको भनाइ छ । यी सबै विषयमा बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने कुँवरले बताए ।





























प्रतिक्रिया