दुबईमा अलपत्र नेपालीलाई उद्धार उडानमार्फत स्वदेश फर्काउँदै नेपाल एयरलाइन्स

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । पश्चिम एसियामा उडान अवरुद्ध भएपछि विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल एयरलाइन्सले उद्धार उडानमार्फत स्वदेश ल्याउने क्रम जारी राखेको छ।

नेपाल वायुसेवा निगमका अनुसार बिहीबार दुबईबाट विशेष उडानमार्फत २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको छ। सोही विमानले काठमाडौंबाट २६० जना यात्रुलाई दुबई पु-याएको थियो।

निगमले आज पनि उद्धार उडान सञ्चालन गर्ने तयारी गरेको छ। आज काठमाडौंबाट २६७ जना यात्रु लिएर विमान दुबई जाने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने जनाइएको छ।

पश्चिम एसियाको आकाशमा फागुन १६ देखि उडान निषेध भएपछि धेरै नेपाली विभिन्न विमानस्थलमा रोकिएका थिए। अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्थाका कारण उडान सेवा प्रभावित भएको हो।

दुबईमा अलपत्र नेपालीलाई उद्धार गरी स्वदेश फर्काउँदै नेपाल एयरलाइन्स

काठमाडौं । पश्चिम एसियामा उडान अवरुद्ध भएपछि विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल एयरलाइन्सले उद्धार उडानमार्फत स्वदेश ल्याउने क्रम जारी राखेको छ।

नेपाल वायुसेवा निगमका अनुसार बिहीबार दुबईबाट विशेष उडानमार्फत २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको छ। सोही विमानले काठमाडौंबाट २६० जना यात्रुलाई दुबई पु¥याएको थियो।

Logo