काठमाडौं। कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।
विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरू अनलाइन ठगीका केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न गराइएको र भिसाविहीन अवस्थामा रहेको पाइएको थियो ।
थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरेको हो । उद्धारपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई नेपाल पठाइएको थियो । उनीहरू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएका छन् ।
दूतावासका अनुसार अझै पनि केही नेपाली कम्बोडियामा अलपत्र रहेको सूचना प्राप्त भएको र उनीहरूको उद्धारका लागि पहल भइरहेको छ । यससँगै दूतावासले विदेश जाने क्रममा प्रलोभनमा नपरी सरकारी मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरेको छ ।





























प्रतिक्रिया