रुकुम

पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । "/>

पाँच वर्षदेखि भारतीय जेलमा रहेकी बालिकाको उद्धार

पाँच वर्षदेखि भारतीय जेलमा रहेकी बालिकाको उद्धार

केन्द्रबिन्दु
0
Shares

रुकुम

पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । 

जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । उनकी आमा अनिता कामी पाँच वर्षअघि लागुऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कारागार परेकी थिइन् । 

भारतीय अदालतको फैसलानुसार कामीले कारागार भुक्तान गर्न अब दुई वर्ष बाँकी छ । अनिता कारागार परेपछि परिवारको सम्पर्कबाट बिच्छेद भएकी थिइन् । करिष्माका बुबाको एक वर्ष पहिले मृत्यु भएको थियो । कारागारमा रहेकी कामीले आफ्नो श्रीमान्को मृत्यु भएको समेत थाहा नपाएको बालिकालाई उद्धार गर्न पुगेका बाल अधिकार अधिकृत ओलीले बताउनुभयो । 

बालिकालाई कारागारमा असहज भएको र भारत सरकारले छ वर्षभन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने जनाएपछि भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था डिहातमार्फत बालकल्याण समितिसँग इमेलमार्फत पत्राचार गरिएको थियो । अहिले बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौँमा पठनपाठनका लागि राखिएको ओलीको भनाइ छ । रासस

Logo