स्पेनमा एक नेपालीको मृत्यु

स्पेनमा एक नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बार्सिलोना ।

स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङ रहेका छन् । उनको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो।

क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर डेरामा फर्किएलगत्तै हृदयघात भएको थियो।

सन् २०११ देखि स्पेनमा बस्दै आएका गुरुङ गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएका थिए। श्रीमतीलगायत घर–परिवार नेपालमा रहेकाले शव व्यवस्थापनका लागि यहाँस्थित नेपाली समुदायले चासो व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo