जापानमा देउसीभैलो खेलेर नेपालमा अनाथ आश्रमलाई सहयोग

जापानमा देउसीभैलो खेलेर नेपालमा अनाथ आश्रमलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

पथरी, मोरङ, १० कात्तिक । रोजगारीका सिलसिलामा जापानमा रहेका नेपालीले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृह अनाथ आश्रमलाई हस्तान्तरण गरिएको छ । 

विदेशमा रहेर पनि आफ्नो गाउँघरमा निरन्तर सहयोग गर्दै आएकी उर्लाबारी–७ घर भई हाल जापानमा कार्यरत ममता रानामगरको अगुवाइमा जापानमा नेपालीको निवासमा तिहारमा देउसी खेलेर संकलन गरिएको रु ५० हजार अनाथ आश्रमलाई हस्तान्तरण गरिएको हो । 

ममतासँगै बिन्द्र मल्ल, कञ्चन केसी, रुद्र उप्रेती र नगेन्द्र भेटवालले देउसी खेलेको सो रकम एक कार्यक्रमको आयोजना गरी ममताकी छोरी संगीता राना र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आश्रामकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गरेको हो । 

जापानबाट समाजसेवी तेजन खड्कालाई उक्त रकम ममता र उनका देउसी खेल्ने साथीभाइले पठाएका थिए  । विसं २०५९ मा स्थापना भएको आश्रममा हाल ४६ जना अनाथ बालबालिका आश्रित छन् । रासस

Logo