केन्द्रविन्दु सम्बाददाता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा भट्टले स्मार्ट एनआरएन बनाउन बिभिन्न योजनाहरु प्रस्तुत गरे । उनले बैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने लगायतका आकर्षक योजनाहरु पनि पेश गरेका छन् । साथै उनले हाल चालु रहेका योजनाहरुलाई पनि प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।





























प्रतिक्रिया