अनेसास महिला समिति विस्तार

अनेसास महिला समिति विस्तार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० भदौ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको समाचार अमेरिकाबाट प्राप्त भएको छ ।

साहित्यकार श्रीमती भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको उपाध्यक्षमा भगवती बस्नेत (इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहेका छन् भने सदस्य सचिवमा विजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा विमला निरौला (अमेरिका) छन् ।

यसैगरी सदस्यहरूमा कुन्ती थापा (अमेरिका), सानु घिमिरे (अस्ट्रेलिया), जीवन अर्याल (जापान), मीना शाक्य प्रधान (अमेरिका), पूनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अस्मिता सुमार्गी (नेपाल) रहेका छन् ।

समाचारअनुसार, समितिले यस अवधिमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्ने छ ।

यसबाट विश्वभर छरिएर रहेका नेपाली महिला साहित्यकारलाई एक सूत्रमा बाँध्न मद्दत पुग्ने विश्वास लिइएको जनाइएको छ ।

 (माथि तस्बिरमा अध्यक्ष भारती गौतम)

Skip This
Logo