फाउन्डेसनलाई १० लाखसहित धुर्मुस-सुन्तली क्यानडामा सम्मानित

फाउन्डेसनलाई १० लाखसहित धुर्मुस-सुन्तली क्यानडामा सम्मानित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ भदौ ।

चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को कामको प्रशंसा गदैं क्यानडाबासीले उनीहरूलाई नगद १० लाख सहित सम्मान गरेका छन् ।

तराईका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन क्यानडा पुगेका धुर्मुस र सुन्तलीलाई क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपैया नगदसहित सम्मान गरिएको हो ।

सामाजिक अभियान्ता बन्दै दुःखी, पिडित र असाहायहरुका लागि निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै धुर्मुस सुन्तलीलाई उक्त सम्मान गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस क्लब र क्यालगेरीमा बसोवास गर्ने युवाहरुको संयुक्त प्रयासमा उक्त सम्मान गरिएको हो ।

धुर्मुस र सुन्तलीले गरेका सामाजिक कामहरुको प्रशंसा गदैं आयोजक डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढी पीडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीका लागि डोनेशन बक्स समेत राखेको थियो ।

उक्त डोनेशन बक्सबाट ४ हजार ४ सय २३ डलर सहयोग संकलन भएको र कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पनेर्टस क्लबले १ हजार डलर र स्थानिय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

क्यालगेरीमा आयोजना भएको कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपलिज कम्युनिटी सेसाईटी अफ क्यालगेरी, सि।एन।सी।ए। क्यालगेरी र किँरात याक्थुम चाम्लुङ्ग रहेका थिए ।

टेलिफोन सम्पर्कमा सिताराम कट्टेलले–‘क्यानडामा रहेका नेपालीहरुको उपस्थिति हेर्दा धेरैभन्दा धेरै सहयोग संकलन हुने विश्वास लिएका छौं । बाढी पीडितहरुका लागि बन्ने एकीकृत नमुना बस्ती बन्नको लागि सहज हुने समेत हाम्रो अपेक्षा छ ।’

फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन्–‘हामीले क्यानडाबाट केही सहयोग संकलन गर्ने भन्ने सोचेका थियौं, तर यहाँ दर्शकको उपस्थितीले झनै ठुलो आशा दिएको छ, क्यानडाको क्यालगेरीमा रहनुभएका नेपालीहरुको माया र साथले सामाजिक कामका लागि झनै ठुलो उर्जा मिलेको छ ।’

आज भएको कार्यक्रममा धुर्मुस र सुन्तली संगैं अमेरिकामा रहेकी गायिका नलिना चित्रकारले समेत प्रस्तुति दिएकी थिइन् । क्यालगेरीको कार्यक्रमपछि धुर्मुस सुन्तली क्यानडाको एडमन्टन र टोरन्टोमा हुने धुर्मुस–सुन्तली साँझमा सहभागी हुँदैछन् ।

Skip This
Logo