लन्डन ग्लोबल क्याटवाक फेसनमा नेपालकी पूनमको चर्चा

लन्डन ग्लोबल क्याटवाक फेसनमा नेपालकी पूनमको चर्चा

केन्द्रबिन्दु
0
Shares

लन्डन, ६ भदौ ।

लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालयमा गत आइतबार सम्पन्न ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोसाकले उल्लेखनीय रेस्पोन्स प्राप्त गर्यो ।

न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोसाक प्रदर्शन गर्दा नेपाली पूनम क्षेत्री गौतम अरू सबैलाई पछि पार्दै केन्द्रमा रहिन् । स्टेजमा पालो आएपछि उनले नेपाली भाषामै 
मन्तव्य राखिन् र नेपाल एवम् नेपाली पोसाकको चिनारी दिइन् ।

कार्यक्रम अवधिभरि उनको चर्चा राम्रै गरी चलिरह्यो ।

उक्त शोमा गैरनेपाली मोडलहरूले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखेदेखि पृथ्वीनारायण शाहसम्मको ड्रेसमा क्याटवाक गरेका थिए । महिला मोडलहरूले पनि नेवार, थारु, राउटे आदि जातिको ‘फ्युजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान आकृष्ट गर्न सफल भएको थियो ।

अरु डिजाइनरले महिलाको मात्र पाए पनि पूनमले महिला पुरुष दुवै सिक्वेन्स पाएकी थिइन् ।

‘लुगा बेच्ने होइन, विभिन्न देशमा गएर नेपाल र नेपाली 
राष्ट्रियता झल्काउने मेरो मुख्य उद्देश्य हो’, नेपालबाट आएकी एक्ली डिजाइनर पुनमले भनिन्, ‘नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउंदा हाम्रो कल्चरल ड्रेसको महत्व अझ बढ्छ भन्ने मान्यता मेरो छ ।’

फेशन शोमा पुनमसहित समिना मुगल, फुचिया, चार्ली ब्राजियर, केजिजे लन्च, स्टेला मारिस ह्याफेल जस्ता डिजाइनरका डिजाइन प्रस्तुत गरिएको थियो ।

६ महिनाअघि न्यूयोर्कमा आयोजित वल्ड फेशन परेडमा समेत नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी पूनम नेपाली फेशनलाई विश्वभर लैजाने अठोटमा छिन् ।

नेपालमा करिब चार दर्जन कलाकार उतारेर सेलिब्रेटी रनवे गरिसकेकी पुनम फेशनले नग्नता पस्कन नहुनेमा सजग छिन् । पूनम इन्टरटेन्मेन्टकी निर्देशक उनी फेब्रुअरीमा दुबइ जाने योजनामा छिन् । उनले सगर्व सुनाइन्, ‘म जहां जान्छु नेपाली पहिचान बोकेर जान्छु’।

(एजेन्सीको सहयोगमा)

Skip This
Logo