कस्तो छ कतार प्रवेशबारे नयाँ नियम ?

कस्तो छ कतार प्रवेशबारे नयाँ नियम ?

केन्द्रबिन्दु
0
Shares

विदेशबाट कतारमा काम गर्ने कामदार फिर्ता आउने नियम सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ। 

नेपालसहित बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स र श्रीलंका गरी ६ देशबाट कतार प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम कतारले ल्याएको हो। 

नयाँ नियमअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लागेर निको भएका कामदार वा यात्रुहरू पुनः कतार फर्कनका लागि होटलको क्वारेन्टिनमा केवल दुई दिनमात्र बस्दा हुने भएको छ। उनीहरू होटलमा बसेर कोभिड–१९ को परीक्षण गराएर नेगेटिभ आएको खण्डमा आफ्नो गन्तव्य जान सक्ने व्यवस्था नयाँ नियमले गरेको हो। 

तर, त्यस बाहेकका अन्य सबै यात्रुले होटलमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियममा समावेश भएको छ। त्यस्तै, कतार पुग्नुभन्दा बढीमा ७२ घण्टा अघि परीक्षण गरिएको पीसीआर रिपोर्ट नेगेटिभ हुनु अनिवार्य छ। 

दुवै डोज भ्याक्सिन लगाएको प्रमाण पेश गर्नेे व्यक्तिलाई क्वारेन्टिन नचाहिने तर पीसीआर टेस्ट भने गर्नुपर्ने नियम पनि लागू भएको छ। 

 
 

Logo