महंगियो भेष्पा र अप्रिलियाको भाउ, दुवैको मूल्य साढे ७ हजारसम्म वृद्धि

महंगियो भेष्पा र अप्रिलियाको भाउ, दुवैको मूल्य साढे ७ हजारसम्म वृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि आधिकाकिर वितरक एमभी दुगड ग्रुपले भेष्पा रअप्रिलिया स्कुटरको मूल्य बढाएको छ ।  भदौ १ देखी लागू हुनेगरी वृद्धि गरिएको नयाँ मूल्य अनुसार यी दुवै ब्रान्डको १२५ सिसी स्कुटरमा ६ हजार र १५० वा सो भन्दा माथी सिसी क्षमताका स्कुटरमा ७ हजार ५ सय रुपैयाँका दरले मूल्य बढाइएको हो । 

भेष्पाको नेपाली बजारमा ९ भिन्न भेरियन्टका स्कुटर उपलब्ध छन् । जसमध्ये १२५ सिसी क्षमताका भिएक्सएल, एलएक्स, एलएक्स नोट्टे, एसएक्सएल र एसएक्सएल मेट्टीमा ६ हजार रुपैयाँका दरले वृद्धि गरिएको छ । यसैगरी १५० सिसीका ४ भेरियन्ट भिएक्सएल, एसएक्सएल, एसएक्सएल मेट्टी र एलिगेन्टेमा ७ हजार ५ सय रुपैयाँ दरले वृद्धि गरिएको छ ।

यी स्कुटरको नयाँ मूल्य १२५ सिसीमा क्रमश ३ लाख ४१ हजार ९४६, २ लाख ९१ हजार ९४६, २ लाख ९१ हजार ९४६, ३ लाख ५५ हजार ९४६ र ३ लाख ५७ हजार ९४६ हजार रुपैयाँ पुगेको छ । यसैगरी १५० सिसीमा क्रमश ३ लाख ९५ हजार ४४६, ४ लाख ११ हजार ४६६, ४ लाख १३ हजार ४६६ र ४ लाख ३३ हजार ४६६ रुपैयाँ कायम गरिएको छ ।

अप्रिलियातर्फ १२५ सिसीका स्ट्रोम र एसआरमा ६ हजार रुपैयाँ वृद्धि गरी नयाँ मूल्य क्रमश २ लाख ७१ हजार ९०० र २ लाख ७८ हजार ९०० रुपैयाँ पुर्याइएको छ भने १५० सिसीका एसआर र एसआर रेसमा ७ हजार ५ सय रुपैयाँ बृद्धि गरी क्रमश ३ लाख २८ हजार ९०० र ३ लाख ५१ हजार ९०० रुपैयाँ कायम गरिएको छ । १६० सिसीको एसएक्सआर बिएस ४ मा पनि ७ हजार ५ सय रुपैयाँ बृद्धि गरी ४ लाख ५४ हजार ४०० रुपैयाँ पुर्याइएको छ ।

Logo