नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाएर जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताएका छन् ।
ढकालले जलवायु परिवर्तन विश्वको अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गरेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न् संयुक्त राष्ट्र संघ, सरकार तथा अन्य गैर सरकारी संघसंस्थाहरुलाई आग्रह गरे ।
थाइल्याण्डको राजधानी बैंककमा मंगलबारदेखि संयुक्त राष्ट्रसंघद्वारा आयोजित ४ दिने राष्ट्रिय कार्यशालाअन्तर्गत जलवायु परिवर्तन र एलडीसी ग्राजुएसनसम्बन्धी प्राविधिक सत्रमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । अहिले विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
ढकालले नेपालको जलविद्युत उत्पादन बढाउदै अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी नेपालदेखि बंगलादेशसम्म जलविद्युत निर्यातको काम भइरहेको बताउदै यसलाई थप विस्तार गर्दै दक्षिण एशियाभर विस्तार गर्न सकिने दाबी गरे ।
ढकालले सहुलियत दरमा कोषबाट लगानी उपलब्ध गराउन सकेमा यसलाई सदुपयोग गर्दै जलवायु परिवर्तन समस्याको समाधान निकाल्न निजी क्षेत्र सक्षम रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा ढकालले भने, 'हामीले अहिले नेपालको जलविद्युतलाई क्रसबोर्डर प्रसारण लाइन निर्माण गरी भारत र बंगलादेशसम्म निर्यात गरिरहेका छौं । ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँचलाई थप सहजीकरण गर्दै लगानी जुटाउन सकेमा यसलाई थप विकास र विस्तार गरी दक्षिण एशियामा समेत विस्तार गर्न सकिन्छ ।'
नविन प्रविधिको विकास तथा विस्तारमा निजी क्षेत्रको अहम् भूमिका रहने बताउँदै ढकालले सहुलियत दरमा कोषबाट लगानी उपलब्ध गराउन सकेमा यसलाई सदुपयोग गर्दै जलवायु परिवर्तन समस्याको समाधान निकाल्न निजी क्षेत्र सक्षम रहेको समेत उल्लेख गरे । उनले जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइनको निर्माणबाट साना तथा मझौला व्यवसायले फाइदा लिन सक्ने दाबी गरे ।
अहिले विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
'अहिले साना तथा मझौला व्यवसायहरु जलवायु परिवर्तनको मारमा परेका छन् । यदि ग्रिन क्लाइमेट फण्डलाई सहुलियत रुपमा जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइन निर्माणमा प्रयोग गर्न सकेमा यसबाट जलवायु परिवर्तनको असर कम गर्दै ती साना तथा मझौला व्यवसायलाई पनि संरक्षण गर्न सकिन्छ,' ढकालले भने ।
उनले ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच पुर्याउन सके जलविद्युत उत्पादन तथा प्रसारण लाइनमात्र नभई यसबाट आन्तरिक रुपमा विद्युतको प्रयोगबाट सञ्चालन गर्न सकिने केबलकार तथा अन्य वातावरणमैत्री उद्योग व्यवसायको सञ्चालन र विकास गर्न सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे ।
जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
ढकालले जलवायु परिवर्तन विश्वको अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गरेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न् संयुक्त राष्ट्र संघ, सरकार तथा अन्य गैर सरकारी संघसंस्थाहरुलाई आग्रह गरे ।
कार्यशालामा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा नेपाल सरकार, निजी क्षेत्र तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता छ ।





























प्रतिक्रिया