टारो ब्रान्डका बाइक तथा स्कुटर खरिदमा ३० हजारसम्म छुट

टारो ब्रान्डका बाइक तथा स्कुटर खरिदमा ३० हजारसम्म छुट

केन्द्रबिन्दु
0
Shares

टारो ब्रान्डका बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले महान् चाड दशैँ तिहारलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । 

‘४ को चमत्कार, बाइक पनि बचत पनि’ नामय यस अफरअन्तर्गत ग्राहकले टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् । ग्राहकहरुले कम्पनीको शोरुममा गइ टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेन अन्तर्गत फोटो खिची लाइक एन्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्ने कम्पनिले जनाएको छ । 

मोटरसाइकल जीपी२ २००, जीपी १ २५० र जीपी १ ४०० को खरिदमा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने पाइने छ । साथै यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर तथा इन्स्योरेन्स छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Logo