शेयर बजारमा परिसूचक नेप्से घट्यो, ९० करोडको कारोबार

शेयर बजारमा परिसूचक नेप्से घट्यो, ९० करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) घटेकोे छ । आइतबार ६ दशमलव ६८ अंकले बढेको बजार सोमबार ४ दशमलव २९ अंकले घटेर १ हजार  ९७३ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।  

सोमबार २२४ वटा धितोपत्रको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढि अन्य समूहको १ दशमलव  शून्य ४ अंकले घटेको हो । 

त्यस्तै, सोमबार मैलुङ खोला जल विद्यूतको सेयरमूल्य ७ दशमलव ४३ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको  सबैभन्दा बढी ९ करोड ९६ लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 

Logo