एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा, कसरी सुचारु गर्ने ?

एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा, कसरी सुचारु गर्ने ?

केन्द्रबिन्दु
0
Shares

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाईडेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङटर्म इभोलुसन (भोल्टे) सेवा एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको हो । 

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्चगुणस्तर को हाईडेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइसकल सेवा प्रदान गर्दछ। एनसेलले गत बिहीबारदेखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो। 

भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्यकल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइसकलका साथै डेटा सेवाको एकै साथ फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । 

हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा३आई, वाई९ प्राइम २०१९ मा भोल्टे सेवा सुचारु गरेर यसको फाइदा लिन सक्नेछन् ।

एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र सामसङका ग्यालेक्सीए ५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा३आई, वाई९ प्राइम२०१९ मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टेसेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।  

Logo