‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिव डिलाइट २०७८’अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । 

थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेता लोकेश बज्रचार्यलाई कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरिएको हो ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेताले हुन्डाई आई२० जित्ने मौका पाएका थिए ।

जेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेकी थिइन ।

Logo