लिटमस केबल्सकाे ‘वाइरिङ दमदार, घर शानदार’ योजना बजारमा

लिटमस केबल्सकाे ‘वाइरिङ दमदार, घर शानदार’ योजना बजारमा

केन्द्रबिन्दु
0
Shares

नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्ड लिटमस केबल्सले महान् चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” को आकर्षक योजना ल्याएको छ ।  

यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ५०,००० लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ । 

कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्। बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको डिलरबाट गरिने कम्पनीले जनाएको छ । 

यो योजना २० कात्तिकसम्मको लागि मान्य हुनेछ ।
 

Logo