टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

केन्द्रबिन्दु
0
Shares

 नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ।  

“कायापलट“ योजनाअन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain  मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४,२०० को मासिक  ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नु हुनेछ।  
विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफलछ। 

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा रदेशभ र जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ। 

Logo