जीपले बिहीबार पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै

जीपले बिहीबार पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै


जीपले बिहीबार (भोली) आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक गर्ने भएको छ । जीपको ग्लोवल लाइनअपमा सवैभन्दा सानो एसयूभीका रुपमा आउन लागेको यो गाडी व्याट्री इलेक्ट्रिक र पेट्रोल माइल्ड हाइव्रिड अप्सनमा उपलब्ध हुनेछ ।  

यसका साथै, बिहीवार नै जीपले भविष्यमा आउने तयारी भैरहेका फोर वाई ईमा आधारित कन्सेप्ट इभीलाई समेत सार्वजनिक गर्ने बताइएको छ ।  

जीपस्टरका वारेमा विस्तृत विवरणहरु वाहिर नआइसकेपनि यसको हाव्रिड अप्सनमा १.२ लिटर टर्वो पेट्रोल इन्जिन जडान हुनसक्ने अनुमान लगाइएको छ । यो एसयूभीलाई उसले कमन मोडुलर प्लेटफर्ममा तयार गरिरहेको छ । जुन प्लेटफर्ममा सिट्रोनले यसअघि सि३ निर्माण गरिसकेकको छ ।

Logo