आगामी असोज ३ गते ए एन्ड एस इभेन्ट्स बाई जेनेसिसले पहिलो पटक काठमाडौंमा राइड विथ भ्लगर्स कार्यक्रम आयोजना गर्ने भएको छ ।
ए एन्ड एस इभेन्ट्सका अनुसार विश्वकै अग्रगामी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइक/ मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरिङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)सँगको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
सो दिन काठमाडौँदेखि मार्खु राइड, फोटोग्राफी र भिडियोग्राफी तथा भ्लगर्स मिट एन्ड ग्रिट गरिनेछ । साथै सो अवसरमा हालै नासा नेपालद्वारा पर्यटन बोर्डको सहयोगमा प्रकाशित ‘टु ह्विल टुरिङ इन नेपाल म्यानुअल बुक’समेत सार्वजनिक गरिने बताइएको छ ।
कार्यक्रममा एक दर्जन भ्लगर्स र टु ह्विल टुरिङका एक्सपर्टहरु सहभागी हुनेछन् । यसले टु ह्विल टुरिङ र मोटरसाइक्लिङ तथा मोटर स्पोर्ट्सलाई अझ सुरक्षित, व्यवस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने आयोजकले विश्वास लिएको छ ।































प्रतिक्रिया