मुद्धती निक्षेपको ब्याजदर १५ प्रतिशत नाघ्यो

मुद्धती निक्षेपको ब्याजदर १५ प्रतिशत नाघ्यो

केन्द्रबिन्दु
0
Shares

मुद्धती निक्षेपको ब्याजदर १५ प्रतिशत नाघेको छ । 

बैंकहरुले आज असोज १ देखि लागू हुने गरि मुद्धती निक्षेपको ब्याजदर जारी गरेको हो । बैंकहरुले बचतमा १० प्रतिशत र मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर जारी गरेका छन् । नेपाल बैंकर्स संघको कार्यकारी समितिको विहीबारको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको थियो । 

बैंकर्स संघले ब्याजदरमा गरेको सहमति खारेज गरेसँगै १ असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकले ब्याजदर बढाएका छन् । भदौसम्म व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिएको बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार रेमिट्यान्समा थप एक प्रतिशत ब्याजदर दिनुपर्नेछ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्ने राष्ट्र बैंक नियमन विभागले जारी गरेको एकिकृत निर्देशन २०७८ मा उल्लेख छ । 

रेमिट्यान्सको बचत र मुद्दतीमा न्यूनतम एक प्रतिशत थप ब्याजदर दिन पाइनेमा बैंकहरुले बचतमा १ प्रतिशत रेमिट्यान्स मुद्दतीमा ३ प्रतिशतसम्म थप ब्याजदर प्रकाशित गरेका छन् ।

प्रभु बैंकले ३ महिना वा सो भन्दा बढीको प्रभु उन्नती मुद्दती नामक निक्षेप खातामा १५.१३ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त निक्षेप खाता रेमिट्यान्स निक्षेप भएको बैंकले जनाएको छ । एनसीसी बैंकले रेमिट्यान्स मुद्दतीमा १५ प्रतिशत ब्याजदर दिने भएको छ । 
 

Skip This
Skip This
Logo