आइएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला हस्पिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला हस्पिटलबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला हस्पिटलबीच सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान बाल तथा महिला हस्पिटलका डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म इशान बाल तथा महिला हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इशान बाल तथा महिला हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने भएकोले ढुक्क भएर सेवा लिन अनुरोध गरे ।

Skip This
Skip This
Logo