सुरु भयो आईएमई मोटर्सको लोन मेला

सुरु भयो आईएमई मोटर्सको लोन मेला

केन्द्रबिन्दु
0
Shares

अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ । आजबाट काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा लोन मेला सुरु भएकाे हाे । 

यो मेला ४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा ६–७ असोजसम्म मेला आयोजना गर्ने छ । ग्राहक लक्षित अफर सहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिने छ ।

कम्पनीका अनुसार मेलामा अशोक लेल्यान्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाइनान्स सुविधासहित स्थलगत निर्णय पनि गरिने छ । 
 

Skip This
Skip This
Logo