1
0
Shares

आगामी वर्ष नेपालको अर्थतन्त्र झन् खस्किने एडीबीको प्रक्षेपण

1
1
1

एसियाली विकास बैंक (एडीबी) ले आगामी वर्ष नेपालको अर्थतन्त्र अहिलेको भन्दा झन् खस्कने प्रक्षेपण गरेको छ ।

एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२२ मा सन् २०२३ मा नेपालको अर्थतन्त्र सन् २०२२ को तुलनामा अझ खस्किने जनाएको हो । एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्नेसमेत जनाइएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको बताए । उनले विभिन्न प्राकृतिक प्रकोपहरुबाट समेत जोखिम ब्योहोर्नुपरेकोले नेपालको आर्थिक वृद्धिलाई कमजोर बनाउने उल्लेख गरे।

अर्थ संसार

प्रकाशित: ५ असोज २०७९ १५:१३ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी