एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

केन्द्रबिन्दु
0
Shares

एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

यस सुबिधाअन्तर्गत मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् । साथै एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआइसी एसिया मो बैंक  एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

यो सुबिधा सुरु भएसंगै एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एनआइसी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको बैंकले विश्वास लिएको छ । 

हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

Logo