नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरूले विद्युतीय सवारीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दीपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिँदै गर्दा धेरै प्राविधिक अन्यौलता देखिएको बताए । अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रूपान्तरण भएरै गाडीहरू आए पनि नेपालमा विद्युतीय भन्ने बित्तिकै माइन्ड सेट नै परिवर्तन भएको उनको भनाई छ ।
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नुपर्ने भएकाले सेप्टीमा पनि उतिकै ध्यान दिनुपर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको पौडेल बताउँछन् । नेपालमा सबैभन्दा पहिलो टेक्नोलोजिज चेतनामा काम गर्नुपर्ने देखिएको उनले बताए । त्यसै गरी कार्यक्रममा प्यानालिस्टको रूपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । नेपालको विद्युतीय सवारी बजारलाई प्रवर्द्धन गर्दै जाने हो भने दीर्घकालीन रूपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागी पनि विद्युतीय सवारीमा रूपान्तरण गर्न सरकारी तवरबाटै काम हुनुपर्ने धारण व्यक्त गरिन । त्यसै गरी मेकानिकल इन्जिनियर अभिषेक कार्की नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताउँछन् । उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने विषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ । सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभिमा रूपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाई छ । आगामी १०वर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन ब्याट्री उपयुक्त छ । ती गाडीहरूलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पुरा हुने सम्भावना रहेको उनले बताए । नेपालमा वर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा ब्याट्री उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ । नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारले पनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए ।
इन्धनका सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने कार्की बताउँछन् । त्यसै गरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभिमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए । पछिल्लो समय नेपाल आएका गाडीहरू फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिङ वरदान नै हुने उनको दाबी छ । नेपाल सरकारले पनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जति अपेक्षा गरेकाे उनको भनाई छ ।
नीजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाएको बताए । ईभी चौतारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानिकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने विषय नै मुख्य चुनौतीको विषय रहेको बताउँछन् । सरकारले पनि विद्युतीय सवारी साधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाई छ । अब नेपालमा निजी इभिलाई भन्दा पनि पब्लिक गाडी तर्फ नै केन्द्रित हुनुपर्ने धामीको दाबी छ ।
त्यसै गरी सरकारले विद्युतीयमा कन्र्भसन गर्न इन्धनबाट चलने सवारीलाई सहुलियत र विद्युतीयमा रूपान्तरण हुने सवारीलाई नियामन गर्न संयन्त्र पनि अपनाउनुपर्ने धामी बताउँछन् । डिजेल पेट्रोलका गाडीलाई बैंकहरुले पनि कर्जा दिन्छु भन्ने अवस्था रहेकोले त्यसको लागी रिस्क काउन्टर ग्यारेन्टी फन्डको अवधारणा पनि ल्याउनुपर्ने बताए ।































प्रतिक्रिया