राइड सेयरिङ एप पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । सन् २०१८ को सेप्टेम्बरदेखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले अहिले दैनिकरूपमा हजारौं यात्रुलाई प्रत्यक्ष रूपमा सहज सेवा प्रदान गर्दै आएको छ ।
सुरुमा बाइकमा मात्रै सेवा सुरू गरेको पठाओले अहिले ट्याक्सी सेवा र होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड पनि सुरू गरेको छ । पठाओमा राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा सेवाको सुविधा छ ।
पठाओ सेवा काठमाडौं उपत्यका हुँदै हाल चितवनमा पनि सुरु भएको छ । चितवनमा अटो र बाइकमा पठाओ सेवा सुरु भएको हो । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको छ ।
पठाओमा हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा रहेको कम्पनीले दाबी गरेको छ । यसमा २४ सै घण्टा कल–सेन्टर र ग्राहक सहयोग सेवा उपलब्ध छ भने एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक चालक यसको सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा पनि रहेको छ ।
पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित हाल सञ्चालनमा रहेका काठमाडौं उपत्यका र चितवनको पठाओका कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया