शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट

शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट

केन्द्रबिन्दु
0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसीएल र एनटिसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

साथै इसेवा वालेटमा बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकले हुवाइ होनर पेड एक्सड प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ।

बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो दुई सय जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हाल बैंकले ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo