कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

केन्द्रबिन्दु
140
Shares

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार नागरिकता विवादमा उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए। त्यसलगत्तै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । सिरोहियाले सञ्चालन गर्दै आएका कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको भन्दै समाचार प्रकाशन भएपछि धनुषा प्रहरीले अनुसन्धान थालेको थियो । सिरोहियाका बाबु घासीराम माडवारी अंगीकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता प्रमाण नै सार्वजनिक भएका थिए ।

कान्तिपुर दैनिकले सहकारीको रकम अपचलन आरोपमा उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेलाई छानबिनको दायरामा ल्याउन दबाब पुग्नेगरि लगातार समाचार प्रकाशित गर्दै आएको छ । पक्राउ पुर्जी जारी हुनुलाई समाचार रोक्ने नियत रहेको सिरोहियाको ठहर छ ।

Logo