दसैँ-तिहारलाई लक्षित गरी सप्तकोसीमा जेटबोट सञ्चालन

दसैँ-तिहारलाई लक्षित गरी सप्तकोसीमा जेटबोट सञ्चालन

केन्द्रबिन्दु
0
Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ।

सप्तकोसी नदीमा हिउँदको समयमा वराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको वराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेटबोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए। सप्तकोसी किनारस्थित वराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिए। दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए।

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको छ। जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ।

पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ। बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उनले बताए। जेट बोटको क्षमता ४० जना अटाउने रहेको छ। 

Skip This
Skip This
Logo