सुनकोशी-मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु

सुनकोशी-मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन् ।

मन्त्री भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उद्घारटनसमेत गरेकी छिन् । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ । 

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ । सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

Skip This
Skip This
Logo