सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने  प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo