काठमाडौं ।
चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार प्रि अलोटमेन्ट सकेरे आज बिहान १० बजे आईपिओ बाँडफाँट गरेको हो ।
आईपिओ बाँडफाँट गोलाप्रथाबाट गरिएको छ । जस अनुसार १ लाख ३९ हजार ६ सय २ जनाले गोलप्रथा अनुसार १० कित्ता शेयर पाएका छन् । त्यस्तै २० कित्ता देखि १३ हजार ९ सय ६० कित्तासम्मको लागि आवेदन दिने मध्येबाट २ जनाले थप १ कित्ता बढी शेयर पाएका छन् ।
कम्पनीको आईपिओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक रहेको र यसमध्ये आवेदन दिएका १० लाख ७७ हजार बढी आवेदक हात खाली भएका छन् ।
कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्काशन गरेको थियो ।
यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता आइपिओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आईपिओ छुट्याइएको थियो । सर्वसाधारणलाई पनि आईपिओ वितरण पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।































प्रतिक्रिया