‘सेलपे’ बाट ‘सेल्सबेरी’ मा भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने

‘सेलपे’ बाट ‘सेल्सबेरी’ मा भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर आगामी कात्तिक ३० गते सम्म लागू जनाइएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरीको २३ वटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे पश्चात १५ प्रतिशत (अधिकतम रु ५००) छुट पाउने छन् ।

अफरको लाभ लिनका लागि मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नु पर्ने बताइएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायत सेवा लिन सकिनेछ ।

Logo