विदेशबाट हुने चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

विदेशबाट हुने चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ। केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उडान रोक्न आग्रह गरेको हो।

होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नु पर्ने केन्द्रको पत्रमा उल्लेख छ। केन्द्रको निर्णय अनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित भएका छन्।

केन्द्रले साउन २९ मा परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गरी विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नु पर्ने भनेको थियो। सोमबार भने क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको भन्दै उडान रोक्न भनेको हो।

Skip This
Skip This
Logo