नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांस दिने भएको छ ।
हालै ललितपुरस्थित पुल्चोकमा सम्पन्न साधारण सभाले अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी ३० प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्न पाएकाेमा गर्व महसुस गरेकाे बताएका थिए ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो र यसको ब्रान्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम रहेको छ ।





























प्रतिक्रिया