प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा सार्वजनिक गरिएको एक हप्तामै उक्त इलेक्ट्रिक कार नेपालमा पनि ल्याइएको हो ।
सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
हाल यस कार ४ वटा रङमा नेपाली बजारमा उपलब्ध रहेको र यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने छन्।





























प्रतिक्रिया