सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी पाँचाैं वार्षिकोत्सव मनाउने

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी पाँचाैं वार्षिकोत्सव मनाउने

केन्द्रबिन्दु
0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने विभिन्न कार्यक्रम गरी आफ्नाे पाँचाैं वार्षिकाेत्सव मनाउने भएकाे छ । कात्तिक २ गते स्थापनाकाे पाँचाैं वर्ष पुरा गर्ने यस कम्पनीले आजबाट सप्ताह व्यापी कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु मनाउने जनाएकाे हाे ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम् विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्रीवितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ । 

वार्षिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको पनि बताइएकाे छ ।

यसका साथै डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राख्ने, विभिन्न नगरपालिका तथा संघसंस्थासँगको सहकार्यमा वृक्षारोपण गरिने कम्पनीले जनाएको छ ।

Logo