सानिमा ३ मा १ खातामा सि-आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा ३ मा १ खातामा सि-आस्वा तथा मेरो शेयर सुविधा थप

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न ३ मा १ खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै ३ मा १ खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिमेट खाता र ट्रेडिङ खाताका साथै सि-आस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, ३ मा १ पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । 

यो खाता खोल्न ग्राहकहरुले घरमै बसेर सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने छन् भने खाता भइसकेका ग्राहकले समेत यसबाट सि-आस्वा तथा मेरो शेयरको सुबिधा लिन सक्ने बैंकले जनाएकाे छ । 

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट बाट ३ मा १ खातामा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । 

आइपिओमार्फत् शेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा ३ मा १ खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको बैंकले जनाएकाे छ । 

Logo