सोल्टि होटलले २६.३१ प्रतिशत लाभांश दिने काठमाडौं सोल्टि होटल लिमिटेडले लाभांस दिने प्रस्ताव गरेको छ ।
कम्पनीको असोज ३१ गते बसेको सञ्चालन समितिको बैंठकले सेयरधनीहरुलाई कम्पनीको चुक्ता पुँजीको २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव राखेको हो । जसमा २१.३१ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर दिने भएको हो । कम्पनीले वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ । कम्पनीले पुस ७ गतेदखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउँनेछन् ।































प्रतिक्रिया