तिहारका लागि साओमीको आश्चर्यजनक अफरः ‘१२ दिन १२ टिभी’

तिहारका लागि साओमीको आश्चर्यजनक अफरः ‘१२ दिन १२ टिभी’

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान् पर्व तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ‘मी टिभी फोर ए एप्रो ३२’ जित्ने मौका पाउनेछन् । 

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आइएमइआई नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘मी टिभी फोर ए एप्रो ३२’ टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक १३ गते सम्म मान्य हुने कम्पनीले जनाएको छ । 

यसै अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडा भन्छन्, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि १२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।”

Skip This
Skip This
Logo